४ वैशाख, कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्ने सडक खण्डमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
बुटबलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भइ सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइते १३ पुरुष, १२ महिला र ६ जना बालबालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउने क्रममा छन् ।