प्रचण्डले ओलीलाई टेरेनन् (भिडियो सहित)

प्रचण्डले ओलीलाई टेरेनन् (भिडियो सहित)

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तालाई पुष्पकमल दाहाल प्रचण्डले ठाडै अस्विकार गरिदिएका छन् ।

सर्वदलिय वैठकमा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर बोलाएपनि प्रचण्ड गएनन् । उनि मात्र होइन, प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेका नेकपा एमालेका माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई पनि बालुवाटार गएनन् । प्रधानमन्त्री ओलीले शुक्रबारै प्रचण्डलाई फोन गरेरै वैठकमा भाग लिन बोलाएका थिए । तर प्रचण्डले शनिबार बसेको वैठक बहिस्कार गरिदिएका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलिय वैठकमा सहभागि भएका प्रचण्ड ओलीले बोलाएको वैठकमा भने जाँदै गएनन् । शुक्रबार लामो समयपछि ओलीले फोन गरेको भन्दै सार्वजनिक मञ्चबाटै सुनाएका थिए प्रचण्डले । फोन संवादले आइस ब्रेक गरेको ठानिएपनि दुई नेताबीचको सम्बन्ध झनै तित्ततापूर्ण हुँदै जाने संकेत मिलेको छ । एकअर्काको विरोध गरेर नथाक्ने अवस्थामा पुगिसकेका उनिहरु प्रधानमन्त्री ओलीले भेटका लागि गरेको प्रस्तावले सकारात्मक नतिजा देला भन्ने आशा थियो । नेपालको राजनीतिको मियोका रुपमा देखा परेका दुई नेताबीचको मिलन, कमसेकम वान टु वान वार्ताबाट अस्थिर राजनीतिले निकाश पाउला भन्ने धेरैको अपेक्षा थियो । साथै प्रधानमन्त्रीले बोलाएको सर्वदलिय वैठकबाट भएपनि संवादहिनताको अन्त्य होला भन्ने अनुमान थियो । तर प्रचण्ड वैठकमा नगएपछि त्यो चकनाचुर भएको छ ।

ओलीविरुद्धको मोर्चा नतिजाउन्मुख हुने अनुमानका आधार प्रचण्ड लगायतका दलका नेता सर्वदलीय बैठकमा नगएको अनुमान गरिएको छ। एमालेका नेता नेपाल र खनाल यसअघि राष्ट्रपतिले बोलाएको वैठकमा पनि गएका थिएनन् । नेकपा एमालेमा ओली कै चेपुवामा पर्दै गएर समानान्तर संरचना बनाउन व्यस्त रहेका खनाल–नेपालले ओलीले बोलाएको वैठक बहिस्कार गर्नु तत्कालका लागि सान्दर्भिक नै देखिएला । तर सर्वदलिय वैठकमा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्ने कोही भएन । नेकपा माओवादी केन्द्रले भने आफूहरुलाई सर्वदलीय बैठकबारे जानकारी नदिइएको बताएको छ । प्रचण्डलाई फोन आएपनि पार्टीलाई आधिकारिक जानकारी नआएको भन्दै माओवादीले वैठक नै बहिस्कार गर्यो । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाण सहभागी भए, जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी भए, तर यादव र भट्टराई गएनन् । त्यस्तै राप्रपाका तर्फका प्रकाशचन्द्र लोहनी सहभागी छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र नेमकिपाका तर्फबाट प्रेम सुवाल र सुनील प्रजापति सहभागी छन् । तर तेस्रो ठूलो दल माओवादी केन्द्र भने सर्वदलिय वैठक बहिस्कार गर्दै बाहिरै बसेको छ । उसँगै ओली विरुद्ध मोर्चाबन्दी गरेर ओलीको नेतृत्व अस्विकार गर्दै अघि बढेका एमालेका खनाल–नेपाल, जसपाका यादव–भट्टराईले सर्वदलिय वैठक विरुद्ध समेत मोर्चाबन्दी गरेको भान भएको छ । उनीहरुको बहिष्कारको नीति लिएको प्रष्ट देखिन्छ जुन राष्ट्र र उनीहरुका लागि भोलिका दिनमा घाटाको विषय बन्ने निश्चित प्राय छ ।

वैठकमा नगएका प्रचण्ड सहित खनाल–नेपाल, यादव भट्टराई प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन नै अन्तिम माग जस्तै गरि एकताबद्ध भएका छन् । शुक्रबार मात्रै कर्णाली प्रदेशमा एमालेका खनाल–नेपाल पक्षले ओली पक्षको ह्विप अस्विकार गर्दै प्रचण्ड पक्षका मुख्यमन्त्रीलाई साथ दिएर ओलीविरुद्ध संसदमा समेत मोर्चाबन्दी रहेको बताइदियो । यसरी, सर्वदलिय वैठकमा समेत तिनै ओलीको बोलावटलाई अस्विकार गर्दै प्रचण्डसहितको मोर्चाले एकताको जनाउ दिइरहेको छ । यसैगरी सर्वदलीय बैठकले जसपापनि दुई धारमा परिणत भएको प्रष्ट देखिएको छ। यादव र भट्टराईले प्रचण्डलाई साथ दिदा ठाकुर र कर्णले ओलीको कित्ता समाउने छनक देखिन्छ ।

यसअघि गत चैत २ गते पनि प्रचण्डलाई फोन गरेरै ओलीले भेटको प्रस्ताव गरेपनि प्रचण्डले अस्विकार गरेका थिए । अहिले सर्वदलिय वैठकमा जान समेत अस्विकार गरेर प्रचण्डले ओलीसँगको सम्बन्ध झनै चिसो बनाएका छन् ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.