नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

५ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसले गएको चैत ३० गते केन्द्रीय समिति बैठक राखेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.