प्रदेश १ः प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

५ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि छलफल हुन सकेन ।

केही बैठकहरु सूचना टाँस गरेर स्थगित भएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेशसभाबाट अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।