अब बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने

५ वैशाख, काठमाडौँ । अब जीवन बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् ।

बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ ।

मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले जनाएको छ ।

Advertisement

‘अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शिर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह गरेको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ समितिका उप–निर्देशक ध्रुब तिमल्सिनाले हस्ताक्षर क्षर गरेको पत्रमा भनिएको छ ।

यो कार्य तत्कालै रोक्न र लगानी भएका कर्जा समेत तत्कालै उठाउन निर्देशन समेत समितिले दिएको छ ।

Advertisement

समिति श्रोतले दिएको जानकारी अनुसार जीवन बिमा कम्पनीहरुले ८ अर्ब रुपैयाँ भन्दा धेरै यस्तो कर्जा लगानी गरेका छन् । समितिले ३ महिनाभित्रै यस्तो कर्जा फरफारक गर्न निर्देशन समेत दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top