×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

स्मार्ट लाइसेन्स दिनुअघि अब ’परीक्षणकालीन लाइसेन्स’ वितरण गरिने

५ बैशाख २०७८

५ वैशाख, काठमाडौँ । लाइसेन्स ट्रायल पास भएपछि सवारी चालकलाई दिइने ’पास’ भनेर लेखिएको रसिद लाइसेन्स नआउन्जेल सोही रसिद सवारी अनुमति पत्रलाई मानिने भएको छ । तर स्मार्ट लाइसेन्स सुरू भएदेखि नै समयमा नपाउने समस्या यथावत छ ।

यो समस्या समाधान गर्न यातायात व्यवस्था विभागले ’परीक्षणकालीन लाइसेन्स’ वितरण गर्ने भएको छ। ट्रायल पास भएपछि अब सुरूको एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

Advertisement
Advertisement

उनका अनुसार लाइसेन्स पास भएपछि चालकलाई एउटा पिभिसी कार्ड वितरण गरिनेछ जसमा ’परीक्षणकालीन लाइसेन्स’ भनेर लेखिएको हुनेछ।

हुन त ट्रायल पास भएपछि पाउने रसिदको पनि एक वर्ष मान्यता हुन्छ। तर बोक्न असहज र व्यवस्थित तरिकाले राख्न समस्या हुने भएपछि चालकको सहजताका लागि यो प्रावधान लागू गर्न लागिएको उनले बताए।

उनका अनुसार परीक्षणकालीन लाइसेन्सको अवधिभर यदि चालक पाँच पटकभन्दा बढी कारबाहीमा पर्छ भने उसले स्मार्ट लाइसेन्स पाउँदैन।

परीक्षणकालीन अवधिमै पाँच पटकभन्दा बढी कारबाहीमा परे, स्मार्ट लाइसेन्स नपाइने र लाइसेन्स लिन पुनः सुरूआती प्रक्रिया गर्नुपर्ने पनि उनले बताए।

आउँदो जेठ १ गतेदेखि ट्रायल पास भएका चालकलाई राजस्व तिरेको रसिदसँगै पिभिसी कार्ड वितरण गर्ने महानिर्देशक घिमिरे बताउँछन्।

हेर्दा सामान्य आइडी कार्डजस्तो देखिने यो पिभिसीको नक्कली प्रिन्ट हुने सम्भावना उच्च छ।

घिमिरेका अनुसार यसको नियन्त्रणका लागि उक्त कार्डमा क्युआर कोड हुनेछ। ट्राफिकले यही क्युआर कोडका आधारमा लाइसेन्स जाँच गर्नेछन्।

जसमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन्। यसबाट नक्कली पिभिसी कार्ड पनि छुट्टिने उनको भनाइ छ।

जेठ १ गतेदेखि नै नयाँ मापदण्डअनुसार ट्रायल परीक्षा सञ्चालन गर्ने पनि विभागको तयारी छ। सोही दिनदेखि यातायात कार्यालयहरूले आफ्नो क्षमता बढाउँदै लाइसेन्स परीक्षा सञ्चालन गर्ने महानिर्देशक घिमिरेले जानकारी दिए।

संघीयता आएसँगै विभागले प्रायः निजीगत काम गर्छ। सवारी दर्ता, लाइसेन्स परीक्षा सञ्चालन, लाइसेन्स वितरण जस्ता कामको जिम्मेवारी प्रदेश सरकार मातहातका २३ वटा यातायात कार्यलयबाट हुन्छ। तर स्मार्ट लाइसेन्स प्रिन्ट सम्बन्धी प्रशासनिक जिम्मेवारी यातायात व्यवस्था विभागले नै लिएको छ।

पछिल्लो समय लाइसेन्स सम्बन्धी थुप्रै गुनासो परिरहेका छन्। फारम भर्नै लामो समय कुर्नपर्ने, भरे पनि लिखित र ट्रायलमा समय लाग्ने र अन्ततः ट्रायल पास भएपछि पनि लाइसेन्स पाउन महिनौं कुर्नुपर्ने जस्ता गुनासो विभागले सुन्दै आएको छ। त्यहीँमाथि कोरोना महामारी र लकडाउनका कारण अझै समस्या थपियो।

अझै चार लाखभन्दा बढी लाइसेन्स प्रिन्ट हुन बाँकी भएको महानिर्देशक घिमिरेले जानकारी दिए।

लाइसेन्स आवदेकको गुनासो सम्बोधनको विकल्प भने कार्यालयहरूमा परीक्षा सञ्चालन गर्ने क्षमता बढाउनु नै रहेको उनले बताए।

Advertisement

अहिले २३ वटा कार्यालयबाट दैनिक २५ सयदेखि तीन हजारसम्मले परीक्षा दिइरहेका छन्। जेठ १ गतेदेखि भने यो क्षमता दोब्बर गर्ने योजनाबारे विभाग र मातहत कार्यालयबीच छलफल भएको पनि उनले बताए।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top