विराटनगरका साप्ताहिक हाटबजार हटाउने महानगरको तयारी

५ असार ७५, मंगलबार
Share this
704shares

विराटनगर,असार ५
विराटनगर महानगरपालिले महानगर भित्रका साप्ताहिक हाटबजार यही साउन महिनादेखि बन्द गर्ने तयारी गरेको छ ।

Advertisement

साेमबार विराटनगरमा विकल्प नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्रमुख प्रशासकीय अधिकृतले साप्ताहिक हाटबजार बन्द गराउने तयारी गरिएको बताएका हुन्।

महानगरपालिका भित्रका फुटपाथ र हाटबजारलाई कसरी व्यबस्थित गर्न सकिन्छ भनेर आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले विराटनगरको सौन्दर्यता कायम राख्न अब महानगरपालिकाले हाटबजारलाई बन्द गर्ने निर्णय लिएको जानकारी दिए।

Advertisement

उनले यही आर्थिक बर्षदेखि हाटबजार कर शिर्षक पनि हटाएको बताउदै अटेर गरेर फुटपाथ र हाटबजार लगाउनेलाई बल प्रयोग गरेर भए पनि हटाउने बताए ।

यस्तै कार्यक्रममा बोल्दै उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, टोल संगठन नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के, वेस्ट मेनेजमेन्ट ग्रुप प्रालिका संयोजक देवी प्रसाद आचार्यले फुटपाथले आवागमनमा समस्या भएको र बाटोमा हाटबजार लगाउनाले फोहरको समस्या देखिएको बताए ।

Advertisement

हाटबजारका लागि निश्चित एरिया तोक्ने प्रमुख पराजुलीले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top