भारतको नयाँ दिल्लीमा आजदेखि आगामी सोमबारसम्म लकडाउन

भारतको नयाँ दिल्लीमा आजदेखि आगामी सोमबारसम्म लकडाउन

६ वैशाख, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार रातिदेखि लकडाउन हुने भएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज राति १० देखि आउँदो सोमबार बिहानसम्म दिल्ली सरकारले लकडाउन घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन घोषणा गरेका हुन्।

सबै निजी कार्यालयहरू घरबाटै सञ्चालन हुने र सरकारी कार्यालय तथा आवश्यक सेवाहरू खुला हुने समाचारमा उल्लेख छ।

आइतबारमात्रै दिल्लीमा २५ हजार ४ सय ६२ संक्रमित थपिएका थिए। यसअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू लगाएको थियो। कोरोना भाइरसको बढ्दो संक्रमणको जालोलाई तोड्न कर्फ्यू जारी गरिएको थियो। तर त्यसको पालना नगरिएपछि थप कडा नियमहरू लिनुपर्ने बताइएको छ।

भारतमा आइतबारमात्रै २ लाख ७५ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने १ हजार ६ सय जनाले ज्यान गुमाएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.