×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

समर्थन मूल्यमा गहुँ खरीद गर्दै खाद्य कम्पनी

७ बैशाख २०७८

७ बैशाख, काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ खरीद शुरू गरेको छ ।

शुक्रवारदेखि कम्पनीले बर्दियाको राजापुरबाट गहुँ खरीद गर्न थालेको हो ।

Advertisement
Advertisement

देशभरबाट ५ हजार मेट्रिकटन गहुँ खरीदको लक्ष्य लिएको कम्पनीले यस वर्ष खरीदका लागि १५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

५ हजार क्वीन्टल गहुँ खरीदको जिम्मा पाएको राजापुर शाखाले शुक्रवारदेखि हालसम्म ८०० क्वीन्टल गहुँ खरीद गरिसकेको राजापुर राइस मिलका प्रमुख धर्मराज पन्तले बताए ।

उनका अनुसार सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ११ रुपैयाँमै किसानसँग गहुँ खरीद भइरहेको छ । यो मूल्य गतवर्षको भन्दा ९६ रुपैयाँले बढी हो ।

यस वर्ष हिउँदे वर्षा राम्रो नहुँदा गहुँको फसल खासै राम्रो नभएको उनको बुझाई छ । अहिले राजापुरबाट दैनिक रूपमा ४० देखि ५० जना किसानबाट गहुँ खरीद भइरहेको छ ।

महेन्द्रनगर, धनगढी, राजापुर, टीकापुर नेपालगञ्ज, भैरहवा, विराटनगर, वीरगञ्ज र लहान शाखामा समेत खरीदका लागि कम्पनीले निर्देशन दिइसकेको र चाँडै शुरू हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

कम्पनीले लक्ष्य अनुसार मसिनो धान खरीद गर्न नसकेपछि त्यसको अभाव पूर्ति गर्न करीब ५ हजार मेट्रिकटन मसिनो चामल समेत खरीद गर्न लागेको बताएको छ ।

सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीले बिर्तामोड, विराटनगर, लहान, वीरगञ्ज, भैरहवा, काठमाडौं, नेपालगञ्ज लगायत ९ शाखामार्फत चामल खरीद गर्नेछ ।

कम्पनीले उपभोक्ताको माग अनुसार सहुलियत मूल्यमा चामल, दाल, घिउ, कर्णालीको सिमी, फापर, गहुँ, इन्डक्सन चुल्हो, आयुर्वेदिक औषधि ‘सन्चो’, स्यानिटाइजर लगायत वस्तु पनि विक्री गर्दै आएको छ ।

Advertisement

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top