×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हवाई इन्धनको मूल्य बढेसँगै भाडा पनि बढ्यो

७ बैशाख २०७८

७ बैशाख, काठमाडौ । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ ।

वायुसेवा सञ्चालक संघले मंगलवार (आज)देखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

Advertisement
Advertisement

नेपाल आयल निगमले शनिवार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर रू. २ बढाउने निर्णय गरेको थियो । यसअघि प्रतिलिटर रू. ७४ रहेको इन्धनको मूल्य अहिले रू. ७६ पुगेको छ ।

संघले सोहीअनुसार मुलुकभरका विभिन्न सेक्टरमा हुने उडानका लागि इन्धन शुल्क तोकेको छ ।

संघले सोमवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी उडानमा भाडा रू. ८५ बढेको छ । काठमाडौंबाहेक बेस बनाई उडान गर्ने सेक्टर डोटी–साँफेबगर रू. १० ले बढेको छ । काठमाडौं–भैरहवा सेक्टर उडानको भाडा रू. ४५ ले बढेको छ ।

काठमाडौं–नेपालगञ्जको भाडा रू. ६५ ले बढेको छ । काठमाडौंं–विराटनगर सेक्टरमा रू. ५० ले यात्रु भाडा बढेको छ । काठमाडौंं–सिमरामा भने रू. १५ बढेको छ ।

पर्वतीय उडानको पनि भाडादर वृद्धि भएको छ । काठमाडौंबाट र पोखराबाट हुने उडानमा रू. ६५ भाडा बढेको छ ।

Advertisement

यसअघि चैत ६ गते संघले नयाँ भाडादर कायम गरेको थियो । त्यसबेला पनि हवाई इन्धनको मूल्य वृद्धि भएको भन्दै संघले विभिन्न १०० सेक्टरका उडानमा भाडा बढाएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top