×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिटिजन्स बैंकको नाफा १ अर्ब ५४ करोडभन्दा बढी

७ बैशाख २०७८

७ बैशाख, काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष खुद नाफा ४१ दशमलव ६१ प्रतिशत बढी भएको छ ।

Advertisement

गत वर्ष रू. १ अर्ब ९ करोड १२ लाख ४५ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ५४ करोड ५३ लाख ४० हजार यो नाफा गरेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीको शेयरधनीहरुका लागि लाभांशको रुपमा वितरण गर्न सकिने वितरणयोग्य नाफा भने रू. १ अर्ब ३४ करोड ६२ लाख ३० हजार रहेको छ । यस त्रैमाससम्म कम्पनीले रेगुलेटरी रिजर्भमा रू. ३ करोड १४ लाख ६८ हजार छुट्याएको छ ।

कम्पनीको गत वर्षभन्दा यस वर्ष सञ्चालन नाफा २९ दशमलव ३८ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ९७ करोड ७ लाख २ हजार यो नाफा गरेको हो ।

खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा यो वर्ष ४३ दशमलव ६८ प्रतिशत बढी भएको छ । गत वर्ष रू. २ अर्ब २४ करोड ४८ लाख १३ हजार खुद ब्याज आम्दानी भएकोमा यस वर्ष रू. २ अर्ब ५४ करोड ८ लाख २० हजार यो आम्दानी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६६ करोड २० लाख ४० हजार रहेको छ भने जगेडा कोष रकम रू. ४ अर्ब ९ करोड १० लाख ९४ हजार छ ।

जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष २० दशमलव ५८ प्रतिशत बढी कायम भएको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ४३ दशमलव ६८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने ३७ दशमलव ९२ प्रतिशत कर्जाृ प्रवाह गरेको छ ।

गत वर्ष रू. ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार निक्षेप संकलन भएकोमा यस वर्ष रू. १ खर्ब २७ अर्ब १४ करोड ८७ लाख ६५ हजार संकलन भएको छ ।

गत वर्ष रू. ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. १ खर्ब ८ अर्ब ९२ करोड २२ लाख १३ हजार कर्जा प्रवाह गरेको छ ।

Advertisement

यस वर्ष कम्पनीको निष्क्रिय कर्जा अनुपात भने गत वर्षभन्दा बढी कायम भएको छ । गत वर्ष शून्य दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ८३ प्रतिशत पुगेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. १४६ दशमलव ८७ रहेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top