बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

६ बैशाख ७८, मंगलबार

७ वैशाख, बाँके ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारारत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका–२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र ७७ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top