मङ्गल ग्रहमा उड्यो हेलिकप्टर

७ वैशाख, एजेन्सी ।
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सानो आकारको हेलिकप्टर मंगल ग्रहमा सफल उडान गरेको छ ।

इन्जेनुएटी नाम गरेको ड्रोन एक मिनेट भन्दा कम समय मंगल ग्रहको आकाशमा उडेको नासाले जनाएको छ । पृथ्वी बाहेकको ग्रहमा यसरी हेलिकप्टर उडेको यो पहिलो घटना हो ।

मंगल ग्रहमा रहेको स्याटेलाइटले पठाएको सूचनापछि हेलिकप्टर उडेको पुष्टि भएको हो । आउँदा दिनहरुमा मंगलग्रहमा थप परिस्कृत र ठूलो आकारको विमान उडाउने योजना रहेको नासाले जनाएको छ ।

Advertisement

हालको हेलिकप्टरमा प्रयोग भएको प्रविधिको परीक्षण तथा त्यसको क्षमता थाहा पाउनका लागि इन्जिनियरहरुले इन्जेनुएटीलाई थप माथि उड्न आदेश दिने छन् ।

Advertisement

नासाले गएको फेब्रुअरीमा नासामा पठाएको अन्तरिक्ष यानमा सो हेलिकप्टर पठाइएको थियो ।

क्यालिफोर्नियाको पासाडेना स्थित नासाको जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रहेकी इन्जेनुएटीकी प्रोजेक्ट म्यानेजर मिमी आङ्गले भनेकी छन्, ‘अब हामीले भन्न सक्छौँ कि मानिसले अर्को ग्रहमा विमान उडायो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top