सार्वजनिक ठाउँमा ‘नथुक्न’ काठमाडौं प्रशासनको आग्रह

सार्वजनिक ठाउँमा ‘नथुक्न’ काठमाडौं प्रशासनको आग्रह

७ बैशाख,काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो ।

प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ ।

विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनको अपिल छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.