सभामुख सापकोटाविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै

सभामुख सापकोटाविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै

८ बैशाख, काठमाडौ । संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दामा आज सुनुवाई हुने भएको छ ।

लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो ।

उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुदैँछ । द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।

उक्त घटनामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाबीच मनमुटाव चलिरहँदा एकमुष्ठ पेशी चढ्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०लाई अगाडी नबढाएको भन्दै प्रधानमन्त्री ओली सभामुखसँग रुष्ट बनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.