नक्कली पिसिआरको आशंकामा १३६ जनालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो

८ वैशाख, काठमाडौँ । नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा १३६ जनालाई अध्यागमन विभागले विमानस्थलबाटै फर्काएको छ ।

बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले बताए ।

यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको ढकालले बताए।

Advertisement

सूरिया हेल्थ केयरमा बनाइएको पिसिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशंकामा फर्काइएको ढकालले बताए।

‘नयाँ पिसिआर रिपोर्ट बनाएर आएपछि हामीले फर्काइदिएका हौं,’ ढकालले भने।

Advertisement

सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो।

फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेको ढकालले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top