कोरोना खोप लगाउन भीडभाड

९ बैशाख, काठमाडौ । कोरोना भाइरसविरूद्ध खोप लगाउन ललितपुरको अल्का अस्पतालमा भिडभाड छ।

Advertisement

खोप लगाउने पर्खाइमा मानिसहरू घण्टौंदेखि लाइनमा छन्।

चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउन उनीहरू लाइनमा बसेका छन्। मानिसको भिड अल्कादेखि जावलाखेल चोकसम्मै पुगेको छ।

Advertisement

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अल्कामा खोप लगाउन पाइन्छ।

१८ वर्षमाथिका र ६० वर्ष ननाघेकाहरूलाई अहिले खोप लगाइएको छ।

Advertisement

खोप लगाउन मानिसहरू बिहानैदेखि लाइनमा लागेका थिए।

उनीहरूले सामाजिक दूरी कायम गरेका छैनन्। भिडभाड धेरै भएकोले कोरोना महामारीकै जोखिम झन् बढेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top