×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१० महिनामा १० खर्बको व्यापार घाटा

९ बैशाख २०७८

९ बैशाख, काठमाडौ । नेपालको व्यापार घाटा १० महिनामै १० खर्ब रुपैयाँ नाघेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको १० महिनामा १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ४९ प्रतिशतले धेरै हो। दश महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको आयात गरेको छ ।

आयात अघिल्लो वर्षको १० महिनाको तुलनामा १३ दशमलव १२ प्रतिशतले बढेको छ । भारतसँग मात्रै नेपालको ६ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

१० महिनामा नेपालले भारतमा ६८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेकोमा सात खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको छ । यस्तै चीनसँग एक खर्ब ६३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

दश महिनामा नेपालले खाद्यान्न मात्रै ५९ अर्ब ७३ करोड रुपैयाँको आयात गरेको छ । २८ अर्ब रुपैयाँको फलफूल र तरकारी आयात भएको छ ।

झण्डै डेढ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, एक खर्ब रुपैयाँको फलाम, ७३ अर्ब रुपैयाँका गाडी र २३ अर्ब रुपैयाँको औषधि भित्रिएको छ ।

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा देशमै उत्पादन हुने वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने योजना बनाए पनि त्यस्ता योजना नारामै सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top