भूकम्पले क्षतिग्रस्त स्वयम्भूको गुम्बाको पुनर्निर्माण सम्पन्न

१० बैशाख ७८, शुक्रबार
Share this
764shares

१० वैशाख, काठमाडौँ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ ।

Advertisement

काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा) र स्वयम्भूका पूजारी बुद्धाचार्य परिवारका १७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए ।

यस कार्यको लागि कर्मराज महाविहार (गुम्बा) का १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले आर्थिक भार ब्यहोरेका थिए ।

Advertisement

स्वयम्भू परिरसरमा सदियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य पूजारी परिवारका १७ वटा घरलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक शैलीमा निर्माण गरिएको छ ।

पुनर्निर्माण भएको महाविहार (गुम्बा) र घरहरु बैशाख १३ गते सोमबारका दिन सम्बन्धित महाविहार र घरधनीहरुलाई हस्तान्तरण हुने अध्यक्ष डङ्गोलले बताए ।

Advertisement

वि.सं. २०७५ पुस ३० गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुननिर्माण करिब २ वर्षको अवधिमा सम्पन्न भएको पनि उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top