२४ घण्टामा थपिए २ हजार ५५९ कोरोना संक्रमित, ५ को मृत्यु

१० बौशाख, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पिसिआर विधिबाट ८ हजार ७९८ जना र एन्टिजेन विधिबाट ८६६ जनामा परिक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ।

गत २४ घण्टामा ४१० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ७५५ पुगेको मन्त्रालयले जनाएको छ।

Advertisement

आज थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २२ पुगेको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top