जोगवनी नाकामा कडाई गर्न मन्त्री उषाकला राईको निर्देशन

जोगवनी  नाकामा कडाई गर्न मन्त्री  उषाकला राईको निर्देशन

१० वैशाख ,विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिउकी छन् ।

भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सो निर्देशन दिएकी हुन् ।

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्के लाग्ने गरेको पाईएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्ने काम गर्न निर्देशन दिइन ।

सामाजिक विकास मन्त्री राईले भनिन,‘ दैनिक हजारौंको संख्यामा प्रवेश गरेको पाईएको छ, यसलाई तुरुन्त नियन्त्रण होस् ।’ मुख्य नाकाबाट भन्दा चोरवाटो प्रयोग गर्नेहरुलाई नियन्त्रण गर्न उनले निर्देशन दिइन । उनले भनिन,‘ मुख्यनाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस् ।

’ शसस्त्र प्रहरी वलका एसपी तिर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको बताए । उनले शंकास्पदहरुको चेकजाँच गरि संवन्धि निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराए ।

खुल्ला सीमाका कारण आवत–जावतमा कडाई गर्न समस्या भएको उनले बताए । उनले पहिलेको तुलनामा नियन्त्रण हुँदै गएको जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.