×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

काठमाडौंमा तरकारीको भाउ सुनि नसक्नु

१० बैशाख २०७८

पुजा बेल्वासे
१० बैशाख, काठमाडौं । काठमाडौंमा केही दिनदेखि अस्वाभाविक रूपमा बढेको तरकारीको भाउ अझै बढ्न थालेको छ । कोरोनाको बहानामा व्यवसायीले आफूखुसी तरकारीको भाउ बढाउँदा उपभोक्ता भने मारमा परेका छन् ।

व्यापारी र बिचौलियाले आफ्नो स्वार्थका लागि तरकारीको भाउ बढाउने गरेका छन् । तरकारीको भाउ वृद्धिका लागि स—साना कारण नै व्यवसायीका लागि पर्याप्त बन्ने गरेको छ । एक महिनाको अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको तरकारीको मूल्यलाई आधार मान्ने हो भने उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने हरियो तरकारीको मूल्य अति उच्च रूपमा बढेको छ । हिउँदे तरकारीको सिजन सकिएको छ ।

Advertisement
Advertisement

बर्खे तरकारी जुन परिणाम आई पुग्नु पर्ने थियो, त्यो परिणाममा बजारमा नआई पुगेका कारण तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । सबै तरकारीको मूल्य एक महिना यता महँगिएको हो ।

लामो समयसम्म टिकाउ नरहने तरकारीको मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मार्कामा परेका छन । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी श्रेष्ठका अनुसार एक महिनाको तरकारी बजार तुलना गर्ने हो भने तरकारी मूल्य आकासिएको छ । किनकि अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्न नसकेको कारण बजारमा स्वदेशी तरकारी आएको छैन । भारतकै भर परेका छौ,त्यसै कारण मूल्य बढेको हो ।

एक महिना अघि कालीमाटी फलफूल तथा तरकारी बजारमा घिउ सिमी (लोकल)को औसत मूल्य ४५ रुपैयाँ प्रति केजी पर्ने वैशाख ८ गते आई पुग्दा औसत मूल्य १३० रुपैयाँ पुगेको छ । एक महिनामा घिउ सिमी (लोकल)को ८५ रुपैयाँ प्रतिकेजी बढेको छ । त्यस्तै गरी घिउ सिमी (राजमा) र घिउ सिमी (हाइब्रिड)को मूल्य पनि एक महिनामा ५० देखि ५५ को हाराहारीमा मूल्य बढेको छ ।

तरकारी बजारमा सिमीको मात्र भाउ बढेको नभई सबैजसो तरकारीको भाउ बढेको छ । तरकारीको मूल्य थोकमै करिब १८९ प्रतिशतसम्म बढेको छ । फलफूलको मूल्यमा ४१ प्रतिशत सम्मले मूल्य बढेको छ भने खाने तेल, केराउ र कुखुराको मासुको मूल्य पनि आकासिएको छ । त्यस माथि बिचौलिया र खुद्रा व्यावसायीहरुको चलखेलले आम उपभोक्तालाई मार परिरहेको छ । गोरखाकी हीरा थापा बानेश्वरमा सानो तरकारी पसल गर्दै आएकी छन् ।

सधै साँझको समयमा भीड लाग्ने उनको पसलमा ग्राहक अहिले घटन थालेका छन् । ‘तरकारी कालीमाटी मै महँगो छ, हिजो ल्याएको तरकारी अहिलेसम्म बिक्री भइसकेको छैन,’ उनले भनिन्, ‘तरकारी सस्तो हुँदा बरु बिक्री राम्रो थियो। अहिले त थोरैथोरै सबै खालका तरकारी लिएकी छु। बिक्री गर्नै गाह्रो पारेको छ ।’ यता राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनका अनुसार सरकार नियमनमा निरिह हुँदा उपभोक्ताले महंगीको मार खेप्नु परेको छ ।

राज्यको अनुगमन निकाय फितलो भएको कारण बजारको मूल्यमा व्यापारीले मनपरी गरेको उनको बुझाई छ । अहिले तेल,खाद्यवस्तु र तरकारी लगायतको वस्तुहरूमा एकाएक मूल्य बढेको छ । तर अझै पनि राज्य मौन बसेको छ, अनुगमन निकायलाई सक्रिय बनाउन नसकेको कारण उपभोक्ताले मार्का खेपिरहनु परेको उनको भनाई छ ।

Advertisement

समितिको तथ्याकं अनुसार चैत ८ गते देखि वैशाख ८ गतेसम्म हेर्दा न्युनतम तरकारीको मूल्य २० रुपैयाँको हाराहारीमा बढेको छ भने अधिकतम मूल्य हेर्ने हो भने लगभग ९० को हाराहारी बढेको छ । समितिका अनुसार होलसेल मूल्य ४५ रुपैयाँ पर्ने हरियो धनियाँ ८७ रुपैयाँ, ४७ रुपैयाँ पर्ने लोकल काउली बढेर ७५ रुपैयाँ, ५७ पर्ने प्याज हरियो ८७ रुपैयाँ, ६५ रुपैयाँ पर्ने काँक्रो बढेर ९० रुपैयाँ पुगेको छ । यस्तै, तितो करेला,तोरीको साग, परवल, पालुङ्गो साग र अन्य साग र तरकारीको मूल्यमा वृद्धि भएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top