व्यक्तिगत आयमा आधारभुत करछुटको सीमा बढाउन बैंकर्स संघको सुझाव

१० बैशाख ७८, शुक्रबार
Share this
677shares

१० बैशाख, काठमाडौ । नेपाल बैंकर्स संघले व्यक्तिगत आयमा आधारभुत करछुटको सीमा बढाउनु पर्ने, छोराछोरीको पढाई शुल्क करयोग्य आयबाट घटाउनु पर्ने, एनआरएनको पैसा शेयर बजारमा ल्याउन प्रोत्साहन गर्नु पर्ने सुझाव दिएको छ ।

Advertisement

नेपाली बैंक तथा वित्तीय संस्थाको सुधारका लागि संघले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा २६ बुँदे सुझाव दिएको हो ।

सुझावमा अधिकांश माग करका विषयमा समेटिएका छन् । सुझावमा १९ बुँदे सुझाव कर सम्बन्धी र ७ बुँदा सहुलियत तथा अन्य विषयका छन् ।

Advertisement

नेपालसँग भएको विदेशी सञ्चितीलाई ठुला सडक तथा अन्य परियोजना निर्माणमा खर्च गर्न आग्रह गरेको छ ।

६ अर्ब जति ठूला सडक परियोजनामा खर्च गर्न सकिएमा यसले मुलुकलाई नै विकासको गतिमा लान सक्ने र धेरै लाभ हुने सुझाव दिएको छ । यस्तै सुझावमा करर्पोरेट आयकरमा २५ प्रतिशत कायम गर्न सुझाव दिएको छ ।

Advertisement

सुझावमा व्यक्तिगत आयमा आधारभुत करछुटको सीमा बढाउनु पर्ने, एक लाख सम्मको व्यक्तिगत जीवन बिमामा कर छुट गरिनु पर्ने, कर्मचारीले घरजग्गा खरिद गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा तिरेको व्याज रकमलाई सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाइनु पर्ने, कर्मचारीको आफ्नो पहिलो दुई सन्तानको माध्यमिक स्तर सम्मको अध्ययन गर्नका लागि लाग्ने मासिक शुल्कको सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउने लगायतका व्यवस्था गरिनु पर्ने माग राखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top