पन्छाइए नेपाल पक्षधर : न स्थायी कमिटीमा, न विभागीय जिम्मेवारीमा

११ बैशाख, काठमाडौं । एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जिम्मवारीविहीन बनाउँदै कार्यविभाजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्ष छाडेर स्थायी कमिटी गठनसहित नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो ।

नेता वामदेव गौतम र माओवादी केन्द्रबाट आएका चार नेतालाई समेटेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ ।

Advertisement

स्थायी कमिटीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेललाई चयन गरिएको छ । यीमध्ये थापा, रायमाझी, भट्ट र थापा माओवादीबाट आएका नेता हुन् ।

नेपालसहित उनी पक्षका झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुकुन्द न्यौपाने, अमृतकुमार बोहरा र रघुजी पन्तलाई कमिटीमा समेटिएको छैन।

Advertisement

उनीहरू नवौं महाधिवेशनबाट निर्वाचित भएका थिए। ओली पक्षमै रहेका सोमनाथ प्यासी प्रदेश प्रमुख भएकाले स्थायी कमिटीमा परेका छैनन्। स्थायी कमिटीमा महिला र कर्णाली प्रदेशबाट कोही पनि परेका छैनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top