२४ घण्टामा थपिए २६१८ संक्रमित, १४ को मृत्यु

२४ घण्टामा थपिए २६१८ संक्रमित, १४ को मृत्यु

११ बैशाख, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।

गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ।

आज थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.