१२ बैशाख, काठमाडौ । उदयपुर सिमेन्ट उद्योगले तीन महिनाको अवधिमा रु ४९ करोड आम्दानी गर्न सफल भएको छ ।
सिमेन्ट उद्योगमा नयाँ व्यवस्थापकीय नेतृत्वले गरेका सबै प्रयासले धमाधम परिणामहरु दिइरहेका छन् ।
सिमेन्ट उद्योगको आम्दानी चालु आर्थिक वर्षको छ महिनाको आम्दानी बराबर हो ।
उद्योगले चालु आवको साउनदेखि पुस मसान्तसम्म रु ५२ करोड आम्दानी गरेको थियो ।
सो अवधिसम्म उद्योगले छ लाख ९८ हजार ५८६ बोरा सिमेन्ट बिक्री गरेको थियो ।
गोपी न्यौपानेले उद्योगको महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछिको १०० दिनमा छ लाख ६० हजार १७३ बोरा सिमेन्ट बिक्री भएको हो ।
चालु आवको साउनदेखि पुससम्मको तुलनामा पछिल्लो १०० दिनमा सिमेन्ट उत्पादन र आम्दानी दुवै वृद्धि भएको उद्योगले जनाएको छ ।