‘नेपाललाई ट्रान्जिट बनाएर आउने विदेशीको पीसीआर परीक्षण नगर्नू’

१२ बैशाख, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परीक्षण नगराउन सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको हो ।

पछिल्लो समय छिमेकी देश भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्।

Advertisement

यसरी जाने सबै विदेशी नागरिकको पीसीआर परीक्षण गर्दा संक्रमण बढ्ने जोखिम रहेको मन्त्रालयको भनाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top