×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्बभन्दा बढी नाफा

१३ बैशाख २०७८

१३ बैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले यो वर्ष रू. ३ अर्ब २७ करोड ८५ हजार खुद नाफा गरेको छ ।

Advertisement
Advertisement

यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ३ अर्ब ३ करोड ६२ लाख ९३ हजार रहेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ७ दशमलव ७० प्रतिशत बढी हो ।

हालसम्म सर्वसाधारणमा शेयर जारी नगरेको यस बैंकको वितरण योग्य नाफा रू. ३ अर्ब ४ करोड ३३ लाख ५२ हजार रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब १८ करोड ४८ लाख ९१ हजार रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १७ अर्ब ६३ करोड ७ लाख ४९ हजार छ ।

Advertisement
Advertisement

कम्पनीले यस वर्ष २५ दशमलव ७१ प्रतिशत बढी रू. २ खर्ब ४० अर्ब ७२ करोड ५४ लाख ९५ हजार निक्षेप संकलन गरेको छ भने ११ प्रतिशत बढी रू. १ खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख ५६ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ६२ रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top