×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण

१३ बैशाख २०७८

१३ बैशाख, काठमाण्डौ ।  निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण गराएको छ ।

आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानुनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौ बुँदे ध्यानाकर्षण गराएको हो ।

Advertisement
Advertisement

यस विषयलाई महसुस गरी निर्वाचन आयोगले यसअघि पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन स्मरणपत्र पठाएको थियो ।

संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका सर्त तथा कानुनी प्रावधानको पालना गरी आफ्नो काम कारबाहीको विवरण कानुनबमोजिम आयोगमा पेस गर्नुपर्ने राजनीतिक दलको दायित्व हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संविधान र कानुनमा उल्लेख भएका कुराको पालन गराउन आयोगले निर्देशन दिन सक्ने र त्यो निर्देशनको पालना गर्नु राजनीतिक दलको कर्तव्य हुनेछ भन्ने समेत स्पष्ट कानुनी व्यवस्था छ ।

Advertisement
Advertisement

त्यसपछि पनि केही राजनीतिक दलबाट केही विवरण प्राप्त भएको भए पनि यथार्थमा अधिकांश दलबाट तदनुसारको विवरण पठाउने र अद्यावधिक गर्ने कार्यमा निष्क्रियता देखिएको आयोगको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top