×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा कोरोना संक्रमित एक पुरुषको निधन

१३ बैशाख २०७८

१३ वैशाख, विराटनगर ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित पुरुषको मृत्यु भएको छ।

Advertisement
Advertisement

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार आइतबार राति विराटनगर महानगरपालिका २ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको थियो । अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेका ती पुरुषको तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताए ।

ति पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो ।

नोबेल अस्पतालले यसअघि कोरोना सङ्क्रमण कम हुँदै गएपछि सङ्क्रमितको उपचार गराउने आइसोलेसन बन्द गरेको थियो ।

तर कोरोनाको दोस्रो लहर सुरु भएर अवस्था भयावह बन्न लागेपछि आइतबारबाट आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको छ ।

आइसोलेसन पुनः सञ्चालन गरेकै पहिलो दिन छ जना संक्रमित भर्ना भएका थिए । भर्ना भएकामध्ये एक जना सङ्क्रमित पुरुषको ज्यान गएको दाहालले बताए ।

Advertisement

अहिले नोवेलको आइसोलेसनमा पाँच जना संक्रमितको उपचार जारी रहेको जानकारी उनले दिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top