पाठ्यक्रम बदल्न दाताहरुको चलखेल

६ असार ७५, बिहीबार

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएपछि दाताहरुले विद्यालय तहमा राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग रकम राष्ट्रिय पाठ्यक्रम प्रारुप परिवर्तनमा लगाउन दबाब दिएको आरोप लागेको छ।

दोस्रो चरणको परियोजनको नाम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) दिइएको छ।

यी दुई कार्यक्रम दाताको सहयोग केन्द्रित कार्यक्रम हुन्, जसमा विश्व बैकको मुख्य योगदान रहेको छ।

Advertisement

एसआरपी (२०११–२०१५) को बजेट ४३.९४ अर्ब रुपैयाँ थियो भने एसएसडिपी (२०१६–१७ देखि २०२२–२३) को बजेट अनुमानित एक खर्ब २५ अर्ब रुपैयाँ रहेको  छ।

दाताले एसएसडीपीका लागि १२.१६ अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। एसएसडीपी कार्यक्रम भित्र विद्यालय, आनौपचारिक शिक्षा केन्द्र, सिटटिइभिटी तथा विश्वविद्यालय अनुदान आयोग रहेका छन्। शिक्षा मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘विश्वबैकलगायत दाताले आफ्ना कार्यक्रम समावेश गरेका छन्।

Advertisement

उनीहरुले सुरुमा कार्यक्रम प्रस्ताव गरेर सहकार्यको आश्वासन दिएका थिए। तर सबै पैसा दिन्छु भनेका थिएनन्। पछि उनीहरुले आफ्नो एजेण्डा घुुसाउन खोजे।, यो खबर आजको नागरिकदैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top