टीम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी श्रीमती साक्षीले आफ्नो ज्यानमाथि खतरा भएको बताउँदै हतियारको लाइसेन्सको माग गरेकी छिन् । उनले पिस्तोल वा ०.३२ रिभोल्भरका लागि आवेदन दिएकी छिन् । साक्षीका अनुसार उनी धेरैजसो समय एक्लै बस्छिन् । नीजि कामले एक्लै यताउता जानुपर्छ त्यसकारण आफ्नो ज्यानको खतरा भएकाले ढिला नगरिकन हतियार खरिद गर्ने लाइसेन्स दिनुपर्ने माग गरेकी छिन् । करिब ९ वर्ष पहिले धोनीले पनि लाइसेन्स पाएपछि पिस्तोल खरिद गरेका थिए ।
धोनीको निवासमा सात सुरक्षाकर्मी तैनाथः
साक्षीले लाइसेन्सका लागि मजिस्ट्रेट कार्यालयमा आवेदन दिएका थिए । अनुसन्धानपछि उनीमाथि कुनै मुद्दा दर्ता नभएको पाइएको छ । धोनीको रातूको दलादलीस्थित निवासमा सात हतियारधारी सुरक्षाकर्मी तैनाथ हुन्छन् । रातूको थाना प्रभारीका अनुसार साक्षी जब घरबाहिर निस्कन्छिन् तब थानालाई यसबारे सूचना दिन्छिन् ।