लागूऔषध मुद्दाका फरार पक्राउ

७ असार ७५, बिहीबार
Share this
734shares

मोरङ, असार ७

Advertisement

लागुऔषध मुद्दामा दुई वर्ष कैद सजाय तथा एक लाख रुपैया जरिवाना भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा साविक सुनसरी ईटहरी उपमहानगरपालिका–१ हाल ईटहरी उपमहानगरपालिका–६ का ३८ वर्षीय रोशन चौधरी रहेका छन् ।

Advertisement

“फरार प्रतिवादी पक्राउ अभियान” अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेको अनुसन्धान समुहको टोलीले चौधरीलाई बुधबार बिहान बिशेष सुराकी परिचालन गरी उनकै घरबाट पक्राउ गरेको हो।

पक्राउ पश्चात चौधरीलाई मोरङ जिल्ला अदालतमा उपस्थित गराईएको र फैसला कार्यान्वयनका लागी जिल्ला कारागार मोरङ पठाइएको अनुसन्धान समुहले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top