अस्पतालमा जनशक्ति अभाव

अस्पतालमा जनशक्ति अभाव

१५ बैशाख, काठमाडौं । अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ।

कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव छ भने गम्भीर लक्षणका बिरामीको चाप बढ्दै गएको छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, नर्भिक, ग्रान्डी, मेडिसिटी, ह्याम्स, सिभिललगायत अस्पतालका अधिकांश बेड कोभिडका बिरामीले भरिभराउ छन्।

बिरामीको संख्या बढेसँगै उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बिरामीसँगै कुरुवालाई राख्न थालिएको छ।

पाटन अस्पताल स्रोतका अनुसार मंगलबारसम्म १ सय ४४ वटा (सबै) बेड बिरामीले खचाखच छन्। उपचारका लागि पखाईमा बसेका १९ जना छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.