×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण

१५ बैशाख २०७८

१५ वैशाख, पोखरा ।
गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुसंगै एक कर्मचारी पनि संक्रमित भएका छन् । सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताए ।

‘संसद बैठक निर्धारित समयमै सुरु हुन्छ, माननीयलाई बोल्न दिने, मत हाल्न दिने हिजो नै सहमति भएको हो,’ सभामुख अधिकारीले भने, ‘कोरोना देखिँदैमा संसदको कार्यसूची तलमाथि नहुने बताए ।

गण्डकी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

विपक्षी सांसदहरुको समावेदनको आधारमा गण्डकीको विशेष अधिवेशन मंगलबारबाट सुरु भएको थियो । विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाइने छ ।

अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top