चालु आर्थिक वर्षमा रसुवागढीबाट १५६ टन खाद्य सामग्री आयात

१६ वैशाख, रसुवा । चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै १ सय ५६ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ ।

गएको साउनदेखि चैत मसान्तसम्म १ सय ५६ टन खाद्य सामग्री आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।

तथ्याङ्क अनुसार फूल तथा सागपात ३५ टन, खाद्यान्न दलहन तथा अन्य ५४ टन, मसलाजन्य ३ दशमलव ४ टन, दूधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशमलव ४, चियाजन्य १२ दशमलव ५ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका सामग्री ४१ दशमलव १ टन आयात भएको हो ।

Advertisement

नाकाबाट सामग्रीको आयात बिस्तारै बढ्दै जाँदा खाद्य सामग्रीको आयात केही बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए । ‘रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात भइरहेको छ’, उनले भने, ‘नाकामा चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै १ सय ५६ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । तर सहज नहुँदा सामग्री धेरै आएको छैन ।’

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।

Advertisement

आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे’, उनले भने, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन् ।’

कार्यालयले गएको साउनदेखि अहिलेसम्म १ सय ६३ वटा सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैतमा ६७ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ ।

गएको आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । २०७६ माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना गरेको थिएन ।

खाद्य सामग्रीको लेबलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गएको आर्थिक वर्षमा केही महिना परीक्षण हुन नसकेको हो । रसुवागढी नाकाबाट पछिल्लो डेड वर्षदेखि नेपाली सामग्री निर्यात भएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top