यो बर्षको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत रहने विभागको प्रक्षेपण

१८ बैशाख, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३.९८ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

यसैगरी चालू आवमा प्रतिव्यक्ति आम्दानी १ हजार १ सय ९६ डलर पुग्नेछ । प्रतिव्यक्ति आय गत आवमा १ हजार १ सय ३९ पुगेको थियो ।

चालू आर्थिक वर्षको राष्ट्रिय लेखासम्बन्धी विवरण सार्वजनिक गर्दै विभागले चालू आर्थिक वर्षको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकांकका आधारमा यो प्रक्षेपण गरेको हो । यसअघि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा ७ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने आँकलन गरेको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा १.९९ प्रतिशतले आर्थिक वृद्धि ऋणात्मक भएको थियो । गत वर्ष कोभिडकै बीचमा तथ्यांक विभागले २.२७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । विभागका निर्देशक गणेशप्रसाद आचार्यका अनुसार चालू आवमा नेपालको अर्थतन्त्र ४२ खर्ब ६६ अर्ब ६२ करोडको हुने छ । गत आर्थिक वर्ष २०७६–७७ मा नेपालको अर्थतन्त्र ३९ खर्ब ४३ अर्ब पुगेको थियो ।

यसैगरी, चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १३ खर्ब १२ अर्ब ७१ करोड ३० लाख रुपैयाँको हुनेछ । यो कुल जीडीपीको २७ दशमलव २६ प्रतिशत हुनेछ । यसैगरी, चालू आर्थिक वर्षमा कुल उपभोग खर्च ३९ खर्ब ८३ अर्ब ९७ करोड रुपैयाँबराबरको हुने प्रक्षेपण रहेको छ । यो आर्थिक वर्षमा जीडीपीको ५ प्रतिशत मात्र निर्यात हुनेछ ।

चालू आवमा १ खर्ब ३० अर्ब १३ करोड १० लाख रुपैयाँबराबरको मात्र वस्तु तथा सेवा निर्यात हुने प्रक्षेपण विभागको छ । आयात भने जीडीपीको ३२ दशमलव ८३ प्रतिशतको हुनेछ ।

९ खर्ब ७९ अर्ब २९ करोड ३० लाख रुपैयाँको आयात हुँदा चालू आवमा व्यापार घाटा साढे ८ खर्ब रुपैयाँबराबरको हुने अनुमान केन्द्रीय तथ्यांक विभागको छ । विप्रेषण भने जीडीपीको आधारमा लिने हो भने २२ दशमलव २८ प्रतिशतबराबरको आउनेछ अर्थात् ७ खर्ब १६ अर्ब ७ करोड ९० लाख रुपैयाँ रेमिट्यान्स आउनेछ ।

विभागका अनुसार प्राथमिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २६.४ प्रतिशत, द्वितीय क्षेत्रले १२.५ प्रतिशत र सेवा क्षेत्रले ६१.१ प्रतिशत योगदान गरेको प्रारम्भिक अनुमान गरेको छ ।

चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २५.८३ प्रतिशत र गैरकृषि क्षेत्रले ७४.१७ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । त्यस्तै, खानी उत्खनन् क्षेत्रको ०.५८ प्रतिशत, उद्योग क्षेत्रको ५.०८ प्रतिशत योगदान गरेको तथ्यांक विभागले जनाएको छ ।

त्यस्तै, कुल गार्हस्थ्य उत्पादनमा विद्युत्, ग्याँस, वाष्प क्षेत्रले १.२३ प्रतिशत, पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनरुत्पादनका क्रियाकलापको क्षेत्रबाट ०.५५ प्रतिशत, निर्माण क्षेत्रबाट ५.८ प्रतिशत, थोक तथा खुत्रा व्यापार क्षेत्रको १५.६७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रले ५.४३ प्रतिशत योगदान पु–याएको विभागले जनाएको छ ।

सार्वजनिक गर्दै विभागले अघिल्लो वर्ष ऋणात्मक भएको अर्थतन्त्र यो वर्ष पुनरुत्थान हुने अनुमान गरेको हो । कोरोना महामारीका कारण गएको वर्ष अर्थतन्त्र २.१ प्रतिशतले ऋणात्मक भएको थियो ।

यो वर्षको पनि पहिलो त्रैमाससम्म ऋणात्मक रहे पनि पछिल्लो समयका आर्थिक गतिविधि सकारात्मक भएको र आगामी त्रैमासमा अझ बढ्ने अनुमान गर्दै विभागले आधार मूल्यमा अर्थतन्त्र करिब ४ प्रतिशतले विस्तारित हुने अनुमान गरेको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक मानमा निर्माण क्षेत्र, पानीको आपूर्ति, उद्योग तथा विद्युत्को कुल मूल्य अभिवृद्धि दर ५ प्रतिशत हाराहारीमा रहने देखाइएको छ । त्यस्तै वित्तीय मध्यस्थता, रियलस्टेट, प्रशासनियक व्यावसायिक सेवा, यातायात, व्यापार, भोजन क्षेत्रको कल मूल्य अभिवृद्धि ४ दशमलव ४३ प्रतिशत रहने तथ्यांक विभागले उल्लेख गरेको छ

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top