रामभरोसा : कोरोना महामारी भयावह बन्दै, सरकारले निकाल्यो हात

१८ बैशाख, काठमाडौं । नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ । संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ ।

यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात उठाएको’ छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ । संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै मन्त्रालयले नागरिकलाई थप संवेदनशील हुन आग्रह गरेको छ ।

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शड्ढया उपलब्ध गराउन नसकिने भइसकेको छ ।

त्यसैले सबै दाजुभाइ, दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्यका मापदण्डहरूको संवेदनशील भई कडा रूपमा पालना गर्नु–गराउनु पर्नेछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण पैmलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनु हुन हार्दिक अपिल छ ।’

शुक्रबार मात्रै देशभर पाँच हजार सात सय २७ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो १७ दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमण झन्डै १२ गुणाले बढेको छ । गत १ वैशाखमा उपत्यकामा दुई सय ५४ संक्रमित देखिएका थिए । शुक्रबार (१७ वैशाख) दुई हजार नौ सय ५६ जनामा संक्रमण देखिएको छ ।

संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा उपत्यकामा उपचार पाउने सम्भावना भने घट्दै गएको छ । अस्पताल पुगेका बिरामीलाई चिकित्सकले प्राथमिकताका आधारमा मात्रै भर्ना लिन थालेका छन् ।

सामान्य अवस्थाका संक्रमितले बेड ओगट्दा गम्भीर बिरामीले भर्ना नपाएपछि भर्नामा प्राथमिकता हेर्न थालिएको चिकित्सकहरूले बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top