भारतसँग जोडिएका ३५ मध्ये २२ नाका बन्द गरिने

१८ बैशाख, काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले भारतसँगका २२ नाका बन्द गर्न सिफारिस गरेको छ ।

भारतबाट आउने धेरै व्यक्तिमा संक्रमण देखिएपछि ३५ मध्ये १३ नाका मात्रै सञ्चालन गर्न समितिले सिफारिस गरेको हो ।

सिसिएमसीको शुक्रबारको बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । यी नाकाबाट भित्रनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाइनेछ ।

बैठकले निषेधाज्ञालाई थप बलियो बनाउन पनि सिफारिस गरेको छ । उद्योगहरू सञ्चालन गर्न दिए पनि मजदुरलाई कार्यालयमै राख्नुपर्ने समितिको सिफारिस छ ।

कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएको छ । शुक्रबारसम्म अत्यधिक प्रभावित २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तीन जिल्लामा आंंशिक र २० मा जिल्लाभर नै निषेधाज्ञाको निर्णय भएको छ ।

गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा प्रदेश नम्बर १ को झापा र सुनसरीमा निषेधाज्ञाको निर्णय भएको छ । झापामा आइतबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । सुनसरीमा शुक्रबार रातिदेखि पूर्ण रूपमा निषेधाज्ञा लागू भएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top