एक वर्ष सत्ताको द्वन्द्वमा समय खर्चेर अहिले बेड छैन भन्नु सरकारको गैरजिम्मेवार प्रवृत्ति होः विश्वप्रकाश शर्मा

१७ बैशाख ७८, शनिबार

१८ वैशाख, विराटनगर।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अस्पतालमा शैया उपलब्ध गराउन सकिँदैन भनेर आएको वक्तव्यले सरकारको लाचारीपन र गैरजिम्मेवार प्रवृत्ति पुष्टि गरेका छन् ।

शनिबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले संकटमा राज्य आफै हतास नभई नागरिकलाई ढाडस दिनुपर्ने बताएका हुन् ।

स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक भए पनि संकटमा अपिल गरिरहँदा हतास र त्रास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने शर्माको भनाइ छ ।

Advertisement

एक वर्ष सत्ताको द्वन्द्वमा समय खर्चेर अहिले बेड छैन भनेर सरकारले निरीहता प्रस्तुत गरेको पनि उनको आरोप छ ।

पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद् विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार हो यो ।

Advertisement

यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न । नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपिल गर्दछ, उनले भनेका छन् ।

संकटका बेला राज्यले हरेक नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्ने पनि प्रवक्ता शर्माको भनाइ छ । विज्ञप्तिमा उनले भनेका छन्, संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ ।

बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थितिको गम्भीरताबमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top