हङकङद्वारा नेपालसँगका उडानमा प्रतिबन्ध

हङकङद्वारा नेपालसँगका उडानमा प्रतिबन्ध

१८ बैशाख, काठमाडौं । हङकङले नेपालसँगको उडानमा प्रतिबन्ध लगाएको छ

। नेपालमा कोरोना भाइरस संक्रमणले तिव्रता पाएसंगैं हङकङ सरकारले उडानमा प्रतिबन्ध लगाएको हो ।

अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई थप कडाइ हङकङले जनाएको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ।

यसअघि नेपालबाट हङकङ आउने यात्रु ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउनेगरेपनि हङकङमा पुनः परीक्षणपश्चात् २१ दिन अनिवार्य क्वारेन्टाइन बस्ने प्रावधान थियो। हरेक उडानमा ५ जना भन्दा बढीमा कोरोना संक्रमण देखिए उडानमा प्रतिबन्ध हुने हङकङले जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.