चट्याङ पर्दा ३ जना घाईते

१८ बैशाख ७८, आइतबार

१९ बैशाख, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा आइतबार चट्याङ पर्दा ३ जना घाईते भएका छन् ।

पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर मकवानपुरगढी २ माथिल्लो छाप बस्ने २५ वर्षिय विराज वाईवा , छाप बस्ने ४६ वर्षिय बिर बहादुर वाईवा र सोही स्थान बस्ने ५६ बर्षीय बिरवल वाईवा घाईते भएका हुन्।

Advertisement

घाईतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा ल्याउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

घाइते मध्य २५ बर्षीय विराज वाइवा बेहोस रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Advertisement

आइतबार बिहान देखी हावाहुरीसहित पानी परिरहेको अवस्थामा परेको चट्याङबाट उनीहरु घाइते भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top