×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना संक्रमण १ हप्तामा १३६ प्रतिशतले वृद्धि

२० बैशाख २०७८

२० वैशाख, काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २३३ प्रतिशतले संक्रमण दर बढेको छ ।

Advertisement
Advertisement

यसैगरी कर्णालीमा २१६ प्रतिशत, सुदूरपश्चिममा १८४ प्रतिशत, वाग्मतीमा १८३ प्रतिशत र गण्डकीमा १०९ प्रतिशतले कोरोना संक्रमण बढेको छ । प्रदेश १ मा १७४ र प्रदेश २ मा १११ प्रतिशतले कोरोना बढेको देखिएको छ ।

एक महीनाअघि नेपालमा संक्रमण सयभन्दा कम रहेकोमा आइतवारको तथ्यांक हेर्दा दैनिक संक्रमण दर नै ७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार मात्र ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतवार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९४ नयाँ संक्रमित फेला परेका छन् । आइतवार थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगिसकेको छ ।

अघिल्लो वर्ष सरकारले निजी अस्पताललाई पनि केही प्रतिशत शय्या अनिवार्य रूपमा कोभिडका लागि छुट्ट्याउन निर्देशन दिएकोमा यस वर्ष निजी अस्पताललाई कोभिड उपचारका लागि अनिवार्य गरेको छैन । निजी अस्पताललाई अस्पताल बेड अनिवार्य नगरेका कारण निजीका शय्या खाली रहे पनि सरकारीमा चाप बढेको छ ।

चिकित्सकहरूले अहिले अन्य रोगका बिरामीको संख्या पनि घटेकाले निजीका शय्यासमेत कोभिड उपचारका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन् ।

‘निजी अस्पताललाई समेत समेटेर तथा अस्थायी संरचना बनाएर कोभिडका बिरामीको उपचार गर्न सकिन्छ,’ महामारी विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले भने ।

Advertisement

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top