शव धेरै भएपछि बागमती किनार मै जलाउन थालियो (फोटो फिचर)

शव धेरै भएपछि बागमती किनार मै जलाउन थालियो (फोटो फिचर)

२० वैशाख, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या हुन थालेको छ ।

शवदाह गृहमा क्षमता भन्दा धेरै शव जम्मा हुन थालेपछि नेपालमा पनि वैकल्पिक घाटमा अन्त्येष्टि सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि काठमाडौंको वागमती नदी किनारमै शव जलाउन सुरू गरिएको छ । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि नदी किनार मै शव जलाउन सुरु गरिएको हो । अहिले त्यहाँ अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको छ । संक्रमितहरुको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.