भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

२० बैशाख ७८, मंगलबार

२१ वैशाख, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजारभन्दा धेरै संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या दुई करोड नाघेको छ।

भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जारी गरेको पछिल्लो आँकडामा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएका छन्। सो अवधिमा कोभिड–१९ बाट ३४ सय ४९ जनाको ज्यान गएको छ।

हाल सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

भारतमा कुल संक्रमितको संख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ। यस्तै कोभिड–१९ बाट अहिलेसम्म दुई लाख २२ हजार ४०८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाको कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

Advertisement

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ।

अस्पतालमा शय्याको अभाव तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन्।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन्। खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिइसकेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top