×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘ कार्यान्वयन गर्न सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ’

२२ बैशाख २०७८

२२ बैशाख, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताए ।

Advertisement
Advertisement

उनले विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित भई तर्जुमा गर्न र वर्तमान कोभिडको महामारीले पारेका असरलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिए ।

मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकाले यसमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले दोहोरो नपर्ने र जनजीविकासँग जोडिने कार्यक्रमको तर्जुमा हुनुपर्ने बताउँदै सोहीअनुसार गर्न निर्देशन दिए ।

त्यस्तै प्रदेशका प्रमुख सचिव डा मुकुन्दप्रसाद पौड्यालले बजेट, कार्यक्रम र नीतिबीच अन्तरसम्बन्ध हुने भएकाले तीनवटै विषयलाई सबै विषयगत मन्त्रालयहरूले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए ।

नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्दा कुनै नयाँ नियम, कानून वा निर्देशिका आवश्यक पर्ने भएमा सबै विषयगत मन्त्रालयहरुले सो पहिल्याई अग्रिमरूपमा मस्यौदा तयार पार्दा कार्यान्वयनमा सहज हुने उनको भनाइ थियो ।

Advertisement

कार्यक्रममा प्रदेशका सातवटै मन्त्रालयका सचिवले नीति कार्यक्रमका सम्बन्धमा आ–आफ्नो भनाइ प्रस्तुत गरेका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top