२२ वैशाख, बुटवल ।
रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ महिला र १ पुरुष छन् । वैशाख १९ गते कोरोना पुष्टि भई उपचारका लागि ल्याइएकी कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिलाको बुधबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
त्यसै गरी १८ गते भर्ना भएकी बुटवल–९ की ५४ वर्षीया महिलाको बिहान साढे ६ बजे, २१ गते भर्ना भएकी तिलोत्तमा–४ की ४० वर्षीया महिलाको बिहान साढे ६ बजे र १५ गते भर्ना भएका बुटवल–१२ का ४७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको गौतमले जानकारी दिए ।
अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएका उनीहरूको इमर्जेन्सी र फिभर क्लिनिकमा उपचार हुँदै थियो ।