×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

कुशल भुर्तेल आइसीसी प्लेअर अफ दि मन्थको मनोनयनमा पर्न सफल

२२ बैशाख २०७८

२२ वैशाख, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् ।

आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो ।

Advertisement
Advertisement

यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २७८ रन बनाएका थिए ।

उनले टी–२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए भने लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए । सिरिजमा चार अर्धशतक प्रहार गरेका उनी प्लेअर अफ दि सिरिज भए ।

यस्तै उनले अर्का ओपनर आसिफ शेखसँग लगातार २ खेलमा शतकीय साझेदारी गर्दै अर्को विश्व कीर्तिमान पनि बनाएका थिए । २४ वर्षीय भुर्तेल अहिले नेपाली क्रकेटमा चर्चामा छन् । उनले यसका लागि धेरै अघिदेखि मिहिनेत गरेको र अहिले त्यसको फल प्राप्त भएको बताएका थिए ।

सिरिजमा गरेको प्रदर्शनका आधारमा कुशल पहिलो पटक आइसीसीको टी–२० वरीयतामा पर्दै ९३ औं स्थानमा समावेश भएका थिए । त्यसपछि अपडेट भएको वरीयतामा उनी ६१ औं स्थानमा उक्लेका छन् ।

यस्तै पाकिस्तानका बाबर आजमले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै २२८ रन बनाएका थिए । सोहि प्रदर्शनको आधारमा उनी विराट कोहलीलाई पछि पार्दै आइसीसीको नम्वर वान ओडीआई ब्याट्सम्यान बनेका थिए ।

यस्तै फखर जमानले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा ३०२ रन बनाएका थिए । उनले सिरिजमा दुई शतक समेत बनाए । जस क्रममा उनले दोस्रो एकदिवसीयमा १९३ रन प्रहार गरेका थिए ।

Advertisement

मनोनयनमा परेका कुशललाई भोटिङ गर्न सकिनेछ । उनलाई भोट गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top