सामूहिक राजीनामा दिने तयारीमा छौँ : गणेश पहाडी

२१ बैशाख ७८, बुधबार

२२ बैशाख, काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षका सांसद् गणेश पहाडीले सांसद् पदबाट सामूहिक राजीनामा दिने तयारी भइरहेको बताएका छन् ।

सांसद् पहाडीले एमालेभित्र आफूहरुको अस्तित्व नभएको भन्दै माधव गुटले सामूहिक राजीनामा दिने तयारी गरेको बताए।

‘जून ठाउँमा आफ्नो महत्व हुँदैन त्यहाँ बसिरहनुको कुनै औचित्य छैन’, पहाडीले भने, ‘हामी छलफलमा छौँ, प्रधानमन्त्री ओलीले आफ्ना निर्णयहरु नसच्याए केही दिनभित्रै सामूहिक राजीनामाको तयारी हुँदैछ ।’

Advertisement

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सौतेनी व्यवहार गरेको पहाडीको आरोप छ । प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपाल छलफलमा रहेको बताउँदै आफूहरुले सकेसम्म पार्टी एकता चाहेको उनको भनाई छ ।

‘पार्टी फुटाउने हाम्रो कुनै नियत होइन, पार्टीभित्र नै जिम्मेवारी विहीन बनाइने हो भने त्यो पार्टीमा बसिरहनुको कुनै अर्थ नभएको पहाडीले बताए ।

Advertisement

पार्टी राजनीतिक रुपमा विभाजन भइसकेको र त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको पनि पहाडीले बताएका छन ।

आगामी २७ गतेसम्म पार्टी भित्रको आन्तरिक विवादलाई सामाधान गर्न नसके पार्टी फुटेर जाने निश्चित भएको उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top