उदयपुरमा दाजुले निर्घात कुटपीट गर्दा भाईको मृत्यु

उदयपुरमा दाजुले निर्घात कुटपीट गर्दा भाईको मृत्यु

२३ बैशाख, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ ।

गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो ।

उपचारको क्रममा बुधवार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.